गृहपृष्ठ बालिकालाई करणी गरेको अभियोगमा बालक पक्राउ
बालिकालाई करणी गरेको अभियोगमा बालक पक्राउ
फाइल तस्बिर
ओखलढुंगामा ४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका ९ कटुन्जे बस्ने १३ वर्षीय बालकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । असार ३१ गते घरमा कोही नभएको अवस्थामा घरभित्र लगेर बालिकालाई करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले ती बालकलाई पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भइरहेको ओखलढुंगा प्रहरीले जनाएको छ ।
प्रकाशित समय १८:३२ बजे

















