गृहपृष्ठ सुर्खेतमा जोर-बिजोर प्रणाली र मास्क नलगाउनेलाई कारबाही यथावत
सुर्खेतमा जोर-बिजोर प्रणाली र मास्क नलगाउनेलाई कारबाही यथावत
वीरेन्द्रनगर बजार ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजार पुरानै समयअनुसार खुल्ने भएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार रातिदेखी पूर्णरुपमा लकडाउन खुल्ने भनिए पनि वीरेन्द्रनगर बजार भने बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार सुर्खेतमा पूर्ण रुपमा लकडाउन अझै नखुलाइएको हो । ‘केन्द्रबाट आधिकारिक निर्णय आएको छैन,’ उनले भने, ‘जिल्लाको अवस्था हेरेर प्रशासनले समेत लकडाउन व्यवस्थापन गर्न सक्छ ।’
उनका अनुसार आजदेखि जिल्लाभर यातायात सञ्चालन हुनेछन् । यातायातमा जोर–बिजोर प्रणालीसमेत यथावत रहेको प्रजिअ रेग्मीले जानकारी दिए । ‘मास्क नलगाई घरबाहिर निस्कनेलाई एक सय रुपैयाँ जरिवाना यथावत छ । मास्क नलगाउनेलाई भोलिदेखि मुस्कानसहित प्रहरीले एउटा मास्कसमेत उपलब्ध गराउनेछ,’ उनले भने । व्यंग्यात्मक तरिकाले मास्क नलगाई हिँड्नेलाई मास्क उपहार दिएर नैतिक कारबाहीसमेत गर्ने तयारी जिल्ला प्रशासनले गरेको उनले बताए ।
प्रकाशित समय १८:३६ बजे

















