गृहपृष्ठ घरमा सुतिरहेका बेला किशोरीमाथि बलात्कार

घरमा सुतिरहेका बेला किशोरीमाथि बलात्कार

rape newskarobar सांकेतिक तस्बिर ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ बस्ने दुर्गाबहादुर परियारलाई एक किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा सोमबार दिउँसो परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका ११ गैरीगाउँमा ती बालिकालाई आफ्नो घरमा एक्लै सुतेको अवस्थामा जेठ २४ गते उनले बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बलात्कारपछि किशोरी गर्भवती भएको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले  जनाएको छ ।

प्रकाशित समय १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु