गृहपृष्ठ हुण्डी कारोबारीको आशंकामा पक्राउ, १९ लाख रूपैयाँ बरामद
हुण्डी कारोबारीको आशंकामा पक्राउ, १९ लाख रूपैयाँ बरामद
अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका- २९, सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका- ५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपाने पक्राउ गरेका छन् । प्रहरीले उनको साथबाट १९ लाख ९१ हजार रुपैयाँ बरामद गरेको छ ।
काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले हुण्डीको कारोवार गरी राजश्वन छली गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जाँच गरेको थियो । सो क्रममा विशाल बजारमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा न्यौपानेलाई फेला पारी तलासी लिने क्रममा निजको झोलामा हुण्डी कारोबारको लागि बोकेको उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइने महाशाखाले जनाएको छ ।
प्रकाशित समय १८:५७ बजे

















