गृहपृष्ठ जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि निषेधाज्ञा

जनकपुरधाम उपमहानगरपालिकामा सोमबार रातिदेखि निषेधाज्ञा

जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको प्रजिअ भट्टराईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा अतिआवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको छ ।

यसअघि प्रदेश २ को बीरगंज, राजविराज र जलेश्वरमा यसअघि नै निषेधाज्ञा जारी गरिसकिएको छ ।

प्रकाशित समय १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु