गृहपृष्ठ ६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ

६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ

arrest_pakrau_news karobar

चिशंखुगढी गाउँपालिका-१ ठुलीबेसी बस्ने १९ वर्षीय लोकराज अधिकारीलाई ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले सोमबार साँझ ती बालिकालाई ‘चकलेट दिन्छु’ भन्दै प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी खानीभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीउपर आवश्यक सोधपुछ र अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु