गृहपृष्ठ मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच रेमिट्यान्स सम्झौता
मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच रेमिट्यान्स सम्झौता
मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम मुक्तिनाथ रेमिटमा आएको रकम नेपाल क्रेडिट एण्ड कमर्स बैंकका करिब १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र नेपाल क्रेडिट एण्ड कमर्स बैैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले हस्ताक्षर गरेका छन् । यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने बैंककाे अपेक्षा छ ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque, अन्तरशाखा बैंकिङ कारोबार सेवा निशुल्क प्रदान गर्दै आइरहेको छ । साथै बैंकको ग्राहकले VISA network अन्तर्गत जुनसुकै बैंकको एटीएमबाट विनाशुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।
प्रकाशित समय १७:४६ बजे

















