गृहपृष्ठ कुटपिट गरी ८२ वर्षीया आमाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी ८२ वर्षीया आमाको हत्या गर्ने छोरा पक्राउ

दुहु गाउँपालिका ३ चौपाती बस्ने ५३ वर्षीया नरबहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारुदेवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमालाई कुटपिटबाट हत्या गरी घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु