गृहपृष्ठ नेपाल विद्युत प्राधिकरण ढल्केवर ग्रिड प्रमुख १ करोड २४ लाखको चेकसहित पक्राउ
नेपाल विद्युत प्राधिकरण ढल्केवर ग्रिड प्रमुख १ करोड २४ लाखको चेकसहित पक्राउ
नेपाल विद्युत प्राधिकरण ढल्केवर ग्रीड शाखाका कार्यालय प्रमुख रितेश गुप्ता एक करोड २४ लाख बढीको चेकसहित शनिवार पक्राउ परेका छन् ।
प्राधिकरण ग्रीड शाखा ढल्केवर प्रमुख गुप्तालाई १ करोड २४ लाख ९१ हजार १ सय ४५ बराबरको चेकसहित सिन्धुलीको कमलामाई नगरपालिका–९ बाट पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् । प्राधिकरणद्वारा संचालित विभिन्न योजनाको भुक्तानी दिन भन्दै पहिले नै चेक काटेर आफनै साथमा लिएर काठमाण्डौ जादै गरेको गोप्य सुचनाको आधारमा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
गुप्ताको सम्बन्धमा अख्तियारले अनुसन्धान गरि रहेको जनाएको छ ।
प्रकाशित समय २३:३२ बजे

















