गृहपृष्ठ जनकपुरमा निषेधाज्ञा ७ दिन थप, बैंक र वित्तीय संस्था दुई सिफ्टमा
जनकपुरमा निषेधाज्ञा ७ दिन थप, बैंक र वित्तीय संस्था दुई सिफ्टमा
जनकपुरधाम उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले साउन १९ गते राति १२ बजेदेखि एक हप्ताको लागि गरेको निषेधज्ञाको अवधि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आइतबार बसेको सुरक्षा समितिको बैठकबाट जारी निषेधज्ञालाई ७ दिन अझै लम्ब्याउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । उनका अनुसार बैठकमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा सञ्चालित यात्री निवासलाई क्वारेन्टिन बनाउने निर्णय पनि गरिएको छ ।
‘धनुषामा कोरोना संक्रमितहरुका लागि बेडको अभाव भएकाले गर्दा आइसोलेसन बेड थप गरिने र बैंक तथा वित्तीय संस्थाहरूलाई सिफ्टवाइज खोल्ने निर्णय गरिएको छ,’ प्रजिअ भट्टराईले भने, ‘बैंक तथा वित्तिय संस्थाहरुका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा दिइएको समय सीमाअनुसार सञ्चालन गर्ने भनिएको छ ।’
प्रकाशित समय १८:०८ बजे

















