गृहपृष्ठ सनराइज बैंकको ४९औं शाखारहित बैंकिङ सेवा गुल्मीको फुलबारीमा

सनराइज बैंकको ४९औं शाखारहित बैंकिङ सेवा गुल्मीको फुलबारीमा

सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्‍याउँदै जाने उद्देश्यका साथ गुल्मीको मालिका गाउँपालिका- ६, फुलबारीमा सेवा विस्तार गरेको छ । बैंकको यो ४९औं शाखारहित बैंकिङ सेवा हो ।

मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र सोही गाउँपालिका वडा नं ६ का वडाध्यक्ष शोभाखर गिरिको उपस्थितिमा शुक्रबार सेवा उद्घाटन गरिएको सनराइज बैंकले जनाएको छ । सो अवसरमा बैंकका प्रदेश नं ५ का प्रमुख सुनिल मण्डलको उपस्थितिमा बैंकको शाखारहित बैंकिङ सेवा प्रतिनिधि रीमा गिरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरिएको थियो ।

उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिनेछ । बैंकका अनुसार यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सक्नेछन् ।

हालसम्म सनराइज बैंकले १३४ वटा शाखा, ४९ वटा शाखारहित बैंकिङ सेवा, १० वटा एक्सटेन्सन काउण्टर र १६० वटा एटीएममार्फत आफ्ना ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । यसका सेवा विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा सञ्चालन गर्दै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

प्रकाशित समय १७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु