गृहपृष्ठ यी १० नाकाबाट मात्र नेपाल प्रवेश गर्न दिने सरकारको निर्णय
यी १० नाकाबाट मात्र नेपाल प्रवेश गर्न दिने सरकारको निर्णय
सरकारले भदौ ३१ गतेसम्म नेपालका सबै नाका बन्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाले नेपाल आउनै पर्ने नेपालीका लागि १० वटा नाका भने खुला रहने बताए ।
मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले तोकिएका १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश पाउने गरी सरकारले निर्णय गरेको जानकारी दिए । उनका अनुसार अब झापाको काँकरभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र गड्डाचौकी नाकाबाट मात्र नेपाल आउन पाइनेछ ।
त्यस बाहेकका नाकाबाट नेपाल प्रवेश गरे कानुनी कारबाही गरिने मन्त्री खतिवडाले बताए । यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएको थियो ।
प्रकाशित समय १८:५८ बजे

















