गृहपृष्ठ नेपाल वातावरण समाजको प्रदेश अध्यक्षमा रावल
नेपाल वातावरण समाजको प्रदेश अध्यक्षमा रावल

नेपाल वातावरण समाजको कर्णाली प्रदेश अध्यक्षमा दैलेखका खगेन्द्र रावल चयन भएका छन् । कर्णाली प्रदेशका अन्य पदाधिकारीहरुमा बिमल उपाध्याय सचिव (सुर्खेत), र सदस्यहरुमा सजित कँडेल (सुर्खेत), बम बहादुर वली र निर्मल चन्द (सल्यान), विनोद शाही (हुम्ला) र सवि सेजुवाल तथा पदमबहादुर बुढा (जुम्ला) चयन भएका छन् ।
वातावरण विषय अध्ययन गरेका तथा यस क्षेत्रमा क्रियाशील जनशक्तिहरुको साझा संस्थाको रुपमा वातावरणीय विषयसम्बन्धी बहस पैरवी गर्दै आएको संस्थाले प्रदेशस्तरसम्म नै वातावरणीय चासो तथा मुद्दाहरुमा पहुँच पु¥याउने उद्देश्यले प्रदेश समिति गठन गरेको केन्द्रीय अध्यक्ष सन्तोष काफ्लेले जानकारी दिए ।
प्रकाशित समय १३:५८ बजे