गृहपृष्ठ भारतमा साढे २४ लाखमा पुग्यो कोरोना भाइरस
भारतमा साढे २४ लाखमा पुग्यो कोरोना भाइरस
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २४ लाख ५९ हजार ६१३ पुगेको छ भने ४८ हजार १४४ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै थप ६४ हजार १४२ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । यो अवधिमा एक हजार ६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी महाराष्ट्रमा कोरोना संक्रमितको संख्या ५ लाख ६० हजार १२६ छ भने ज्यान गुमाउनेको संख्या भने १९ हजार ३७० छ । त्यसपछि तमिलनाडुमा संक्रमितको संख्या ३ लाख २० हजार ३५५ र मृत्यु हुनेको संंख्या ५ हजार ३९७ छ ।
धेरै संक्रमण फैलिएका भारतका सात प्रान्त यी हुन् :
प्रान्त संक्रमित डिस्चार्ज मृत्यु
महाराष्ट्र ५,६०,१२६ ३,९०,९५८ १९,३७०
तमिलनाडु ३,२०,३५५ २,६१,४५९ ५,३९७
आन्द्र प्रदेश २,६४,१४२ १,७०,९८४ २,३७८
कर्णाटक २,०३,२०० १,२१,२४२ ३,६२१
वेस्ट बंगाल १,०७,३२३ ७८,६१७ २,२५९
दिल्ली १,४९,४६० १,३४,३१८ ४,१६७
उत्तर प्रदेश १,४०,७७५ ८८,७८६ २,२८०
त्यस्तै भारतमा कोरोनाभाइरसबाट निको भई घर फर्किनेको संख्या १७ लाख ५० हजार ६३६ छ । यो कुल संक्रमितको ७१.१७ प्रतिशत हो । भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ६० हजार ८३३ छन् भने ८ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।
प्रकाशित समय १३:३१ बजे

















