गृहपृष्ठ कालिकोटमा पहिरोले ६ जनाको मृत्यु, दुईजना गम्भीर घाइते
कालिकोटमा पहिरोले ६ जनाको मृत्यु, दुईजना गम्भीर घाइते
कालिकोटमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । महावै गाउँपालिका ३ नकु भन्ने स्थानमा वडा सदस्य राजबहादुर विष्टको घरमाथि पहिरो आउँदा ६ जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार राजबहादुरका १३ वर्षीय छोरा पुष्प विष्ट, ११ वर्षीय प्रविन विष्ट, १८ वर्षीय छोरी सविना विष्ट र १५ वर्षीय छोरी आशा विष्टको मृत्यु भएको छ । त्यस्तै राजबहादुर विष्टको आफ्नै दाजु तिलबहादुर विष्टको छोरी १० वर्षीय रेखा विष्ट र १९ वर्षीय शान्ति विष्टसमेत घरको माथिल्लो तलामा सुतेको अवस्थामा पहिरोले पुरी मृत्यु भएको एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार राजबहादुर र उनकी श्रीमती भुइँतलामा सुतेको अवस्थामा भागेर बाँच्न सफल भएका हुन् ।
त्यस्तै कालिकोटकै नरहरिनाथ गाउँपालिका १ धारीगाउँ भन्ने स्थानका ७० वर्षीय नरबहादुर विष्टको गोठमा पहिरो आई नरबहादुर विष्ट र उनका करिब १५ वर्षीय नाति रत्न विष्ट पहिरोमा पुरिएको र उद्धार गरी प्राथमिक उपचार गरिरहेको एसएसपी बास्तोलाले बताए । उनीहरुको अवस्था गम्भीर भएको र थप उपचारको लागि हेलिकप्टर मगाइएको उनले बताए ।
प्रकाशित समय १८:१४ बजे

















