गृहपृष्ठ बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका नेपालगन्ज उपमहानगरपालिका ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार गए राति ११.४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । साउन ३० गतेदेखि कोरोनाको लक्षण देखिएपछि ३२ गते शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परीक्षणमा सोमबार दिउँसो पोजेटिभको रिपोर्ट आएको थियो ।

मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ र कोहलपुरका तीन जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । (रासस)

प्रकाशित समय ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु