गृहपृष्ठ तपाईंको मुखमा मास्क खै ?

तपाईंको मुखमा मास्क खै ?

जिल्ला प्रहरी कार्यालय, हुम्लाले सदरमुकाम सिमकोट बजार क्षेत्रमा आउजाऊ गर्नेहरुलाई अनिवार्य रुपमा मास्क लगाउन प्रेरित गर्न ‘तपाईको मुखमा मास्क खै ?’ अभियान सञ्चालन गरेको छ । सिमकोट बजारमा विभिन्न प्रकारका मास्कको मूल्य ५० रुपैयाँदेखि सात सयसम्म पर्ने गरेको स्थानीय व्यापारीहरुले बताउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले मास्क लगाउनका लागि विभिन्न प्रकारका सचेतना अभियानहरु सञ्चालन गर्दै आएको डीएसपी सूर्यप्रसाद सुवेदीले बताए । सिमकोट बजार क्षेत्रमा हिँडडुल गर्नेहरुलाई अनिवार्य रुपमा मास्क लगाउनका लागि प्रहरीले पटक-पटक अनुरोध गरिरहेको छ ।

 तर स्थानीयहरुले भने ‘यो त रुघाखोकी जस्तै हो । हामीलाई केही हुँदैन’ भन्ने मानसिकता बोकेका छन् । यसैले पनि कोही कसैले नियमित र राम्रोसँग मास्क लगाउने गरेका छैनन् । सिमकोट क्षेत्रमा पटक-पटक हजारौंको संख्यामा मास्क वितरण गरिएको छ । यसका साथै प्रहरीले सचेतनाको अभियान सञ्चालन गरे पनि स्थानीयहरुले टेर्ने गरेका छैनन् ।

प्रकाशित समय १५:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु