गृहपृष्ठ सेन्सेटिभ इन्डेक्स घटे पनि नेप्से बढ्यो, चार कम्पनीको मूल्यमा उछाल
सेन्सेटिभ इन्डेक्स घटे पनि नेप्से बढ्यो, चार कम्पनीको मूल्यमा उछाल
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स घटे पनि नेप्से परिसूचक मंगलबार ५ अंकले बढेको छ । बैंक, होटल, विकास बैंक, वित्त र म्युचुअल फन्डबाहेकका सबै समूह बढेपछि नेप्से परिसूचक ५.६८ अंकले बढेर १४०७.८९ अंकमा उक्लिएको हो ।
मंगलबार १८९ कम्पनीको ४१ लाख १४ हजार ५१२ कित्ता सेयर १ अर्ब २३ करोड ९० लाख रूपैयाँबराबरमा किनबेच भएको छ । यो रकम सोमबारको तुलनामा करिब १५ करोड बढी हो । सोमबार १८४ कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता सेयर १ अर्ब ७ करोड ४९ लाख रूपैयाँमा किनबेच भएको थियो ।
मंगलबार सर्वाधिक नागरिक लगानी कोष, साधना लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर र युनियन हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै नागरिक लगानी कोषको सर्वाधिक १६ करोड ६० लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४२ लाख र नेको इन्स्योरेन्सको ७ करोड २५ लाख रूपैयाँबराबरको सेयर किनबेच भएको छ ।
नागरिक लगानी कोषले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर जारी गर्न आरबिबी मर्चेन्ट बैंकिङलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेपछि मूल्य चुलिएको हो । साधना लघुवित्तको सेयरमा सोमबार पनि सर्किट लागेको थियो ।
प्रकाशित समय १५:१९ बजे

















