गृहपृष्ठ राष्ट्रकवि घिमिरेको जन्मथलोमा सार्वजनिक बिदा

राष्ट्रकवि घिमिरेको जन्मथलोमा सार्वजनिक बिदा

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनमा मर्स्याङदी गाउँपालिकाले पालिकाभर आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रकवि  घिमिरे आफ्नो गाउँपालिकामा जन्मिएका र जिल्लासँगै राष्ट्रलाई योगदान दिएको योगदानको कदर र स्मरण गर्दै सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ ।

आज बिहान बसेको गाउँपालिकाको आकस्मिक बैठकले गाउँपालिका मातहतमा रहेका सम्पूर्ण कार्यालय, वडा कार्यालय, आकस्मिक सेवाबाहेकका स्वास्थ्यचौकीबाहेक सबैमा सार्वजनिक बिदा दिएको हो ।

एक सय एक वर्षको उमेरमा राष्ट्रकवि घिमिरे काठमाडौँस्थित लैनचौरमा आफ्नै निवासमा मङ्गलबार साँझ निधन भएकाे थियाे । राष्ट्रकवि घिमिरे लमजुङ मर्स्याङदी गाउँपालिका- ६, पुस्तन गाउँमा  १९७६ असोज ७ गते जन्मिएका थिए ।

राष्ट्रकवि घिमिरे स्वच्छन्दवादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि तथा गीतकार घिमिरेको निधनले स्तब्ध बनाएको उल्लेख गर्दै शोकसन्तत परिवार एवं आफन्तजनप्रति गहिरो सम्मेवदना प्रकट गरेको गाउँपालिकाले जनाएको छ ।

१ सय १ वर्षको उमेरमा हिजो निधन भएका राष्ट्रकवि घिमिरेको आज दिउँसो राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु