गृहपृष्ठ नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

election_commission_newskarobar

सबैभन्दा कान्छो राजनीतिक दलको रूपमा नेकपा एमाले दर्ता भएको छ । बुधबार निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमाले नेपालको एक सय ३१औं पार्टी बनेको छ ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता नेकपा एमाले नामको पार्टी अस्तित्वमा थिएन ।

झापाकी सन्ध्या तिवारीको अध्यक्षमा नेकपा एमाले दर्ता भएको निर्वाचन आयोगले जनाएकाे छ । दल दर्ताका लागि परेको निवेदनउपर आवश्यक जाँचबुझपछि नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिए । उनका अनुसार आयोगले मागअनुसार एमालेलाई ‘उदाउँदो सूर्य’ चुनाव चिन्ह दिएको छ । अब केही दिनभित्रै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने तयारी आयोगले गरेको छ ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार १२ गते तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि आयोगमा निवेदन परेको थियो । असार १६ गतेको स्थायी समिति बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा एमाले दर्ताका लागि प्रक्रिया अघि बढाइएको भन्दै विरोध भएको थियो ।

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु