गृहपृष्ठ नेपाल प्रहरीले गर्‍यो ४९ एसपीको सरुवा (सूचीसहित)

नेपाल प्रहरीले गर्‍यो ४९ एसपीको सरुवा (सूचीसहित)

#Nepal_Police #नेपाल_प्रहरी

नेपाल प्रहरीको बिहीबार भएको निर्णय अनुसार ४९ जना उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीकाे्र नेतृत्व सम्हालेपछि यो पहिलो सरुवा हो ।

सरूवा भएका एसपीहरूले यस भदाै महिनाको तलबसमेत सरूवा भएको जिल्लाबाटै खानेगरी सरुवा गरिएको पत्रमा उल्लेख छ । सरुवा सूचीअनुसार स्याङ्जामा होविन्द्र बोगटीको सरुवा भएको छ । यस्तै प्रभु ढकालको गण्डकी प्रदेश ट्राफिक कार्यालय तनहुँ सरुवा भएको छ । यसैगरी सन्तोष भट्टराई पाल्पा, सन्तोष सिंह राठौर सर्लाही र प्रविण पोखरेलको रुपन्देही सरुवा भएको छ ।

प्रकाशित समय १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु