गृहपृष्ठ हल्ट प्राइजमा पूर्वाञ्चलका विद्यार्थीहरु सहभागी हुने

हल्ट प्राइजमा पूर्वाञ्चलका विद्यार्थीहरु सहभागी हुने

हल्ट प्राइज अर्थात् नोभेल पुरस्कार नामक अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा पनि हुने भएको छ । प्रतियोगितामा नेपालका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् ।

विश्वका करिब १५० भन्दा बढी देशका विश्वाविद्यालयका विद्यार्थीहरुको सहभागिता रहने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका निर्देशकमा वासीम अन्सारी सहभागी हुने सो विश्वविद्यालयले जनाएको छ । सन् २००९ देखि सुरु भएको प्रतियोगिता अध्ययनरत विद्यार्थीलाई नयाँ सोच र शैली निर्माण गर्न, सिर्जनशिल बन्न, सुन्दर भविष्यको सपनाहरु बुन्नका लागि अवसर जुटाउने गर्दछ ।

नविनतम् सोच, शैली र विचार वर्तमान विश्वलाई अनिवार्य रहेको र यहि सोचले जीवन र वर्तमान समाजलाई नयाँ दिशा देखाउनुपर्छ भन्ने धारणा बोकेका विश्वभरका विद्यार्थीहरु यस प्रतिस्पर्धामा सहभागी हुने निर्देशक अन्सारीले बताए । हल्ट फाउन्डेसन, हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंंघले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगिता यसै वर्षको डिसेम्बरमा सञ्चालन हुनेछ ।

हल्ट प्राइज प्रतिस्पर्धामा सहभागीलाई विभिन्न शीर्षक दिइन्छ र त्यस शीर्षकमा सहभागीले आफ्ना उत्कृष्ट विचारहरु प्रस्तुत गर्नुपर्दछ । सहभागीले प्रस्तुत गरेको विचारहरु विशेषगरी सामाजिक उद्यमशीलतामा योगदान दिने खालको हुनुपर्ने आयोजकले जनाएको छ ।

विभिन्न चरण हुँदै छनौट गरिने सो प्रतियोगितामा उत्कृष्ट हुने टिमले एक लाख अमेरिकी डलर पुरस्कार जित्ने बताइएको छ । यस वर्षका लागि युवा उद्यमशीलताका सवालमा ‘फुड फर हेल्थ’ शीर्षक छनौट गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित समय ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु