गृहपृष्ठ भारतमा कोरोना संक्रमित संख्या ३१ लाख नाघ्यो, ५७ हजारको मृत्यु, कुन प्रान्तमा कति ?
भारतमा कोरोना संक्रमित संख्या ३१ लाख नाघ्यो, ५७ हजारको मृत्यु, कुन प्रान्तमा कति ?
भारतमा कुल कोरोनाभाइरस (कोभिड १९) संक्रमित संख्या ३१ लाख नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार बिहान साढे ९ बजेसम्ममा ३१ लाख ६ हजार ३४८ मानिस संक्रमित भएका छन् । तीमध्ये ५७ हजार ५२४ को मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार २३ लाख ३८ हजार ३५ जना निको भएर घर फर्किसकेका छन् भने ७ लाख १० हजार ७७१ जना उपचाररत छन् । भारतमा सबैभन्दा धेरै कोरोनाबाट प्रभावित प्रान्त महाराष्ट्र हो । महाराष्ट्रमा ६ लाख ८२ हजार ३८३ मानिस संक्रमित भएकोमा २२ हजार २५३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ४ लाख ८१ हजार २७८ मानिस डिस्चार्ज भएकोमा १ लाख ७१ हजार ८५९ जनाको उपचार भइरहेको छ ।
भारतका ३६ प्रान्त तथा क्षेत्रहरूमध्य ३५ प्रान्त कोरोनासँग लडिरहँदा लक्ष्यदिप भने कोरोनामुक्त छ । हालसम्म लक्ष्यदिपमा कुनै पनि मानिसमा कोरोना संक्रमण देखिएको छैन । भारतमा बितेका २४ घण्टामा ६१ हजार संक्रमित थपिएका छन् भने ८ सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।
स्रोत : स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारत
प्रकाशित समय ११:१३ बजे


















