गृहपृष्ठ प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ

प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

प्रहरीलाई कुटपिट गरी अभद्र व्यवहार गरेको अभियोगमा महाकाली नगरपालिका- ८, सुन्दरनगर बस्ने २० वर्षीय राजेश सुनारलगायत ४ जनालाई सोही नगरपालिका सुन्दरनगर पुलबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिकास्थित शिव मन्दिरनजिक देउरालीघाट बस्ने ३५ वर्षीय गणेश खत्रीलाई कुटपिट गरेको घटनामा संलग्नलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । खत्री कुटपिटबाट बेहोस अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बाबाथानबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाएकोमा थप उपचारको लागि धनगढी रिफर गरिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु