गृहपृष्ठ धरानमा २२ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

धरानमा २२ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु

धरानमा थप एकजना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका-  २ का २२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट सोमबार दिउँसो मृत्यु भएको हो ।

मुटु रोगी तथा लागूपदार्थ सेवनकर्ता ती युवकलाई खोकी, ज्वरो र श्वासप्रश्वासको समस्या भएपछि भदाै २ गते बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । उनको दिउँसो ३ बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

धरानमा शनिबारयता प्रत्येक दिन एक जनाको मृत्यु भएको छ । शनिबार र आइतबार धरानकै पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु