गृहपृष्ठ आइसोलेसन तोडफोड अभियोगमा थप ४ जना पक्राउ

आइसोलेसन तोडफोड अभियोगमा थप ४ जना पक्राउ

जिल्ला अस्पताल खाँदबारीको आइसोलेसन तोडफोडमा संलग्न थप चार जना पक्राउ परेका छन् । कोरोना संक्रमित राख्न हिमालय किरण क्याम्पसमा बनाइएको आइसोलेसन तोडफोड गरेको आरोपमा ती पक्राउ परेका हुन् ।

आइसोलेसन तोडफोड गरेका आरोपमा प्रहरीले खाँदबारी नगरपालिका- ७ का हरि बुढाथोकी, पासाङ शेर्पा, विकास थापा मगर र लाखबहादुर राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी नवराज मल्लले जानकारी दिए ।

क्याम्पसमा बनाइएको १० वार्डको आइसोलेसन सेण्टर तोडफोडमा संलग्न भएका चारै जनालाई जिल्ला अदालत चैनपुरबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइसोलेसन सेण्टर तोडफोड गरेका आरोपमा यसअघि हिमाल किरण क्याम्पसका प्रमुख डा. मातृका तिम्सिनालाई पक्राउ गरिएको थियो ।

क्याम्पस प्रमुख डा. तिम्सिनाको अगुवाइमा आइसोलेसन सेण्टर तोडफोड हुँदा हराएका सामानको खोजतलास भइरहे पनि अहिलेसम्म फेला नपरेको प्रहरी प्रमुख मल्लले बताए ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु