गृहपृष्ठ सिरहामा ‘फुड बैंक’ स्थापना, फेसबुकमार्फत खाद्यन्न संकलन

सिरहामा ‘फुड बैंक’ स्थापना, फेसबुकमार्फत खाद्यन्न संकलन

फाइल तस्बिर स्रोत : सामाजिक सञ्जाल ।

सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यन्न संकलन गरिरहेका छन् ।

‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट दैनिक १०/१२ सम्मले खाद्यन्नलगायत सामानले लिएर जाने गरेको सिरहा युनाइटेडका रोशन गुप्ताले जानकारी दिए ।

लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यन्न सामग्री पुर्‍याउन ‘फुड बैंक’ स्थापना गरिएको गुप्ताले बताए । (रासस)

प्रकाशित समय ११:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु