गृहपृष्ठ ‘एप्लाइ जब’ सञ्चालनमा

‘एप्लाइ जब’ सञ्चालनमा

विगत तीन वर्षदेखि सञ्चालनमा रहेको ‘एप्लाइ जब’ प्रालिले आफ्नो व्यवसायिक यात्राको थालनी गरेको छ । वेरोजगार व्यक्तिहरुलाई रोजगारदाता कम्पनीमार्फत रोजगारीका अनेकन अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालित ‘एप्लाइ जब’ सञ्चालनमा आएको हो ।

कम्पनीले धेरै क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरी बेरोजगारलाई आफनो क्षमता र दक्षता अनुसारको रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ । रोजगारीको अवसर खोजी गर्ने व्यक्तिहरु कम्पनीको आधिकारिक वेबपेज एप्लाइ जब डटकममार्फत् लगइन गरी सोहीमार्फत आफ्नो बायोडाटा तयार गरी सोको विवरण तथा उक्त सिस्टममा उपलब्ध सेवा अनुसार भिडियोमार्फत् पनि व्यत्तिगत विवरण अपलोड गर्न सक्ने प्रालिले जनाएको छ ।

एप्लाइ जब डटकम नेपालबाट सुरुवात भए पनि यसले विश्वका विभिन्न देशहरु भारत, अमेरिका, अष्ट्रलिया, श्रीलंका, माल्दिभ्स, मलेसियालगायत ८ भन्दा बढी देशबाट सेवा सुचारु गर्न सबै प्रक्रिया पुरा गरिसकिएको र आगामी दुई वर्ष भित्रमा विश्वका करिब ५० भन्दा बढी देशमा सेवा विस्तार गर्ने कम्पनीका सञ्चालक वीरेन्द्र पाठकले जानकारी दिए ।

नेपालबाट विकसित भई विश्व बजारमा समेत छुट्टै स्थान बनाउने उद्देश्यले सञ्चालित रोजगारीमुलक सामाजिक सञ्जाल एप्लाइ जब डटकमले कामको लागि विदेशिएका र विदेशिनुपर्ने बाध्यताको अन्त्य गरी स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी आगामी दुई वर्षमा १५ हजार भन्दा बढीलाई रोजगारी दिलाउने तथा आफ्नो सञ्जाल प्रयोग गरेबापत वैदेशिक आम्दानी भित्र्याई समृद्ध नेपाल निर्माणमा टेवा पुर्‍याउने लक्ष्य लिएको पाठकले बताए ।

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु