गृहपृष्ठ हुम्लामा खाद्य सुरक्षा कार्यक्रम उपलब्धिमुलक नभएको गुनासो
हुम्लामा खाद्य सुरक्षा कार्यक्रम उपलब्धिमुलक नभएको गुनासो
कोभिड- १९ ले कृषि क्षेत्रमा पारेको प्रभाव र असरलाई उत्पादनमुलक र श्रममुलक बनाउन बाँझो तथा खाली जग्गाको उपयोग गरी उत्पादन बढाउन हुम्लामा ‘खाद्य सुरक्षा तथा उत्पादन विशेष कार्यक्रम’ लागू गरिएको छ ।
प्रत्येक गाउँपालिका लागि १७ लाख २५ हजार उपलब्ध भएको छ । यसरी हुम्लामा सात वटा स्थानीय तहले एक करोड २० लाख ७५ हजार रकम यो शिर्षकमा खर्च गरेका छन् । कर्णाली प्रदेश सरकारले आफ्नो मातहतका स्थानीय सरकारलाई कोभिड- १९ ले कृषि क्षेत्रमा पारेको असरलाई कम गरी विदेश र सहरबाट गाउँ आउने जनशक्तिलाई परिचालन गर्न सो कार्यक्रम राहतस्वरुप आएको सिमकोट गाउँपालिका कृषि सेवा शाखा प्रमुख नेत्रबहादुर शाहीले जानकारी दिए ।
यो कार्यक्रमका लागि एक जना परिचालकसहित परिचालन समितिका लागि बैठक, अनुगमन, सुपरीवेक्षण र अन्य खर्च गरेर हुम्लाका लागि सवा एक करोडभन्दा धेरै रकम आएको छ । राहतको नाममा असारमा आएको रकम के कसरी परिचालन गर्ने भनेर अन्योल रहेकाे र खर्च गर्ने विषयमा पनि जनप्रतिनिधि र कृषि शाखाका कर्मचारीहरुबीच मतभिन्नता रहेको छ ।
हुम्लामा सात स्थानीय तहले यो कार्यक्रमअन्तर्गत यति धेरै रकम खर्च गरे पनि उपलब्धिमुलक नभएको स्थानीयहरुको गुनासो छ ।
प्रकाशित समय १२:०७ बजे

















