गृहपृष्ठ गोरू काटेको अभियोगमा ३ जना पक्राउ
गोरू काटेको अभियोगमा ३ जना पक्राउ
तामाकोशी गाउँपालिका- ७, हावाबाट गोरू काटेको अभियोगमा जिरी नगरपालिका- ९, खोल्मे बस्ने ३१ वर्षीय पोस बहादुर तामाङसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले सोही ठाउँस्थित बारीमा गोरू काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौँडेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १६:४७ बजे

















