गृहपृष्ठ ८९९ जना संक्रमित थपिए, काठमाडौं उपत्यकामा २९८
८९९ जना संक्रमित थपिए, काठमाडौं उपत्यकामा २९८
हालसम्म २१ हजार ४१० जना कोरोना संक्रमणमुक्त
पछिल्लो तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघेको छ । गएको २४ घन्टाभित्र विभिन्न जिल्लामा महिला ३ सय ३ र पुरुष ५ सय ९६ गरी ८ सय ९९ जना संक्रमित थपिएका छन् । यस अवधिमा ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
अब देशभर संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार थपिएकामध्ये काठमाडौं उपत्यकाका २ सय ९८ जना रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये काठमाडौंका १ सय ९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जना रहेका छन् । हिजो उपत्यकामा ४ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७ सय १ जना रहेका छन् । होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म २१ हजार ४१० जना कोरोना संक्रमणबाट निको भएका छन् ।
नेपालमा पछिल्लो २४ घन्टाभित्र थप ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृतक संख्या २ सय २८ पुगेको छ ।
प्रकाशित समय १६:२९ बजे

















