गृहपृष्ठ पूजारी हत्याको मुख्य कारण रकम लेनदेन

पूजारी हत्याको मुख्य कारण रकम लेनदेन

पक्राउ परेका नरेश राउत पटेल र बालकुमार पटेल ।

रौतहटको माधवनारायण नगरपालिका- २, खैस्रैया चौक निवासी हनुमान मन्दिरको पूजारी ६५ वर्षीय राम साहको हत्या आरोपित पक्राउ परेका छन् । भदौ ३ गते गोली प्रहार गरी पूजारीको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले देवाही गोनाही नगरपालिका- १, करुनियाका ३६ वर्षीय  राम नरेश राउत पटेल र २८ वर्षीय बालकुमार पटेललाई पक्राउ गरेको छ । उनीहरूलाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीको टोलीले बौधीमाई नगरपालिका- ७ वडकी बंकुलबाट भदौ १७ गते १ बजे पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालयका डीएसपी अंशु कुमार सिंहका अनुसार पक्राउ परेका दुवैले प्रारम्भिक बयानको क्रममा घटनामा संलग्नता स्वीकारेका छन् । नरेश पटेलको बुवाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा भएको विवाद नै हत्याकाे कारण भएको प्रारम्भिक बयानबाट खुलेकाे डीएसपी सिंहले बताए । रकम लेनदेनको विषयमा छलफल हुँदा पूजारी साहले फरक मत राखेकाले पनि आफूहरूले उनको हत्या गरेको पक्राउ परेका दुवैले बताएका छन् ।

घटनामा अन्य व्यक्तिहरू समेत संलग्न रहेकाले उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय २०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु