गृहपृष्ठ रगत अभावको समाचारपछि फिटवेल गार्मेन्टले गर्यो रक्तदान कार्यक्रम
रगत अभावको समाचारपछि फिटवेल गार्मेन्टले गर्यो रक्तदान कार्यक्रम
फिटवेल गार्मेन्ट प्रालिले निषेधाज्ञामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बिभिन्न सञ्चारमाध्यममा बजारमा रगतको अभाव भयो भन्ने थाहा पाएपछि निषेधाज्ञाको समयमा पनि जोखिम मोलेर रक्तदान कार्यक्रम आयोजना गरेको गार्मेन्टका सञ्चालक मनोज कुमार भारतीले बताए ।
काठमाडौँको नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित गार्मेन्ट परिसरमा गरिएको रक्तदान कार्यक्रममा करिब ४२ जनाले रगत दिएका छन् । राष्ट्र युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, उपमेयर शुशिला अधिकारी रक्तदान कार्यक्रमलाई हौसला दिन कार्यक्रत स्थलमा पुगेका थिए ।
बजारमा देखिएको रगतको अभाव पूरा गर्न सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रममार्फत रगत संकलनमा सहयोग गरेको भन्दै सञ्चालक भारतीलगायत गार्मेन्ट कम्पनी परिवारलाई नै उनीहरुले धन्यवाद दिए । कोरोनाको लकडाउनमा बजारमा रगत अभाव भएको समाचारमार्फत थाहा भएपछि छोटो तयारीमै रक्तदान कार्यक्रम आयोजना गरिएको गार्मेन्टका सञ्चालक भारतीले बताए । ‘समाचार पढेपछि यो बेला केही गर्नुपर्छ भनेर मेरा कर्मचारी साथीहरुसँग छलफल गरेँ । सबैबाट सकारात्मक कुरा आयो र छोटो तयारिमै कार्यक्रम गर्न सफल भयौं । बजारमा देखिएको रगतको अभाव केही मात्रामा भए पनि पूरा हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।
प्रकाशित समय २०:३८ बजे

















