गृहपृष्ठ बटेश्वरमा झडप : ३ प्रहरी र ३ स्थानीय घाइते
बटेश्वरमा झडप : ३ प्रहरी र ३ स्थानीय घाइते
बटेश्वर गाउँपालिका -५ शान्तिपुरमा भदौ २१ गते राति प्रहरी र स्थानीयबीच भएको झडपमा परेर २ प्रहरीसहित ३ जना घाइते भएका छन् । औरही खोलामा बगेर आएको सखुवा काठको गोलियाको विषयमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायक, सहायक प्रहरी निरीक्षक दीपक राय र प्रहरी जवान रामविश्वास परुक घाइते भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नायव निरीक्षक मुस्तफाले जानकारी दिए । घाइते प्रहरीहरुको महेन्द्रनगर क्लिनिकमा उपचार गरिएको छ । घाइते इन्स्पेक्टरको टाउकोमा २ टाँका, असई दीपक रायको निधारमा ६ वटा टाँका र प्रहरी जवानको टाउकोमा २ वटा टाँका लगाएको उनले बताए ।
यता, प्रहरीको लाठीचार्जबाट बटेश्वर गापा–५ बस्ने सन्तोष सदा, तेतरी सदा र दिलिप सदा घाइते भएका छन् । घाइतेहरुको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा रमदैयामा भइरहेको स्थानीय युवा नेता अजयकुमार राउतले जानकारी दिए । बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बीच भागमा भएर बग्ने औरही खोलामा भदौ २१ गते दिउँसो शान्तिपुरका स्थानीयले तीन फिट मोटो सखुवाको काठको गोलिया भेटेका थिए । भेटिएको गोलिया प्रहरीले राति ९ बजे तिर नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर लैजान लागेको वेलामा स्थानीयले गरेको अवरोधका कारण दुवै पक्षबीच झडप भएको हो ।
प्रहरीे उक्त काठको गोलिया कारबाहीको लागि इलाकामा लग्ने र स्थानीयले उक्त गोलिया गाउँलेको हुनुपर्ने विषयमा विवाद भएको थियो । ४ फिट मोटो र ५० फिट लामो गोलिया नदीमा करिब १० जनाको समूह मिलेर १५ दिनमा खनेका थिए । हाल काठ इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ ।
प्रकाशित समय १०:५९ बजे

















