गृहपृष्ठ प्रहरीलाई हातपात गरेको अभियोगमा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
प्रहरीलाई हातपात गरेको अभियोगमा विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
सुरूङगा नगरपालिका- ४, कदमहास्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई हातपात तथा गालीगलौज गरेको अभियोगमा खडक नगरपालिका- ५, रंजितपुर बस्ने ३० वर्षीय अर्जुन कुमार साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कडोरबनाबाट खटिएको प्रहरीले ज. ११ प १८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा साहले मास्क नलगाएकोले सम्झाईबुझाई गर्दा प्रहरीले आमनागरिकलाई रोकी अनावश्यक रूपमा दु:ख दिने गरेको भनी विभिन्न किसिमको गालीगलौज गर्नुका साथै प्रहरीलाई हातपातसमेत गरेपश्चात मोटरसाइकल चालक साहलाई पक्राउ गरेको हो ।
साह नेपाल विद्युत प्राधिकरण बोदेवर्साइन सप्तरीमा सहायक प्रबन्धक पदमा कार्यरत रहेको बुझिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १३:४१ बजे

















