गृहपृष्ठ भक्तपुरको निकोसेरामा घरभित्रै ३ जना मृत फेला

भक्तपुरको निकोसेरामा घरभित्रै ३ जना मृत फेला

death-newskarobar

भक्तपुरको मध्यपुर थिमी नगरपालिका- ९, निकोसेरामा एउटा घरमा ३ जनाको शव भेटिएको छ । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव घरमै फेला परेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एकाघरमा बाबुआमा र छोराको शव भेटिएको हो । यद्यपि घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

घटनाबारे जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् ।

प्रकाशित समय १९:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु