गृहपृष्ठ कुलमान घिसिङको पुनर्नियुक्ति हुनेमा विश्वस्त छु : नारायणकाजी श्रेष्ठ
कुलमान घिसिङको पुनर्नियुक्ति हुनेमा विश्वस्त छु : नारायणकाजी श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति हुनेछ भन्नेमा विस्वस्त रहेको बताएका छन् ।
सोमबार ट्वीट गर्दै उनले लेखेका छन्, ‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ । उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विस्वस्त छु ।’

प्रकाशित समय १३:३४ बजे

















