गृहपृष्ठ आमाबाबुको स्मृतिमा दुई लाख खर्चेर धारा निर्माण
आमाबाबुको स्मृतिमा दुई लाख खर्चेर धारा निर्माण
सिमकोट गाउँपालिका ५ खाद्दक पूर्णबहादुर रोकाया र मानबीर रोकायाले आफ्ना आमाबाबुको स्मृतिका सिमकोट गाउँको सतगत गर्ने सीमचौरमा दुई लाख खर्चर धारा निर्माण गरेका छन् ।
आमा चौकी रोकायाको दोस्रो र बुबा जयबहादुर रोकायाको चौथो स्मृतिको अवसरमा सिमकोट गाउँपालिका ५ खाद्दकगाउँको सीमचौरमा आफ्नो जनश्रमदान र एक लाख ५० रुपैयाँ खर्च गरेर धारा निर्माण गरेको पूर्णबहादुर रोकायाले बताए । उनका अनुसार १९८७ पुस ७ गते जन्मेका जयबहादुर रोकायाको २०७२ मंसिर ७ गते मृत्यु भएको थियो भने चौकी रोकायाको १९८९ असार २५ गते जन्मेर २०७५ असोज १९ गते मृत्यु भएको थियो ।

आमाबाबुको मुद्दती खातामा रहेको नगदलाई सदुपयोग गरेर सबैका लागि अत्यावश्यक स्थानमा सार्वजनिक धारा निर्माण गरेर पितृलाई लामो समयसम्म सम्झिने रहनका लागि सानो प्रयास गरिएको कान्छा छोरा मानबीर रोकायाले बताए ।
जिल्लामा आमाबाबुको नाममा सार्वजनिक स्थलमा नयाँ कामको सुरुवातले सबैलाई उत्प्रेरित बनाउने सिमकोटका अदानसिंह रावतको बुझाई छ ।
प्रकाशित समय १०:३९ बजे

















