गृहपृष्ठ भारतविरूद्ध जासुसी गरेको आरोपमा एक नेपाली पक्राउ

भारतविरूद्ध जासुसी गरेको आरोपमा एक नेपाली पक्राउ

भारतविरूद्ध जासुसी गरेको आरोपमा नयाँ दिल्लीबाट एक नेपाली पक्राउ परेका छन् । स्वतन्त्र पत्रकार राजीव शर्मासहित एक नेपाली र एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको दिल्ली पुलिसले जनाएको छ ।

दिल्ली पुलिसको स्पेशल सेलले नेपाली नागरिकसहित तीनजनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेकाे छ । पक्राउ परेका नेपाली नागरिक पत्रकार शर्माको सहयोगीको रुपमा काम गर्दै आएका खुलेको छ । तीनै जना नयाँ दिल्लीको पितमपुराबाट पक्राउ परेकाे बताइएकाे छ ।

नेपाली नागरिकलाई जासुसको आरोप लगाएर पक्राउ गरे पनि नेपाली दूतावास र नेपाल सरकारले अहिलेसम्म कुनै पनि कुटनीतिक पहल थालेको छैन । नेपाली नागरिकको पहिचान गोप्य राखिएको छ ।

पत्रकार राजीव शर्माको खातामा मोटो रकम आएकाले उनले जासुसी गरेको आरोप दिल्ली पुलिसले लगाएको छ ।

प्रकाशित समय १८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु