गृहपृष्ठ प्याजको कालोबजारी गरेको अभियोगमा पक्राउ

प्याजको कालोबजारी गरेको अभियोगमा पक्राउ

arrest_पक्राउ_news karobar

विराटनगर महानगरपालिका- ९ स्थित पसलहरूमा बजार मूल्यभन्दा बढी दर राखी प्याज विक्री गरी कालोबजारी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमा विजय कुमार योगेस पसलका सञ्चालक ३८ वर्षीय सञ्जय कुमार गुप्ता र तनिसा ट्रेडर्सका सञ्चालक २९ वर्षीय मुकेश कुमार सहनी रहेका छन् ।

उनीहरूले सञ्चालन गरेका पसलहरूमा प्याजको कालोबजारी गर्दै आएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित समय १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु