गृहपृष्ठ यी हुन् सबैभन्दा बढी कोरोना फैलिएका २० जिल्ला
यी हुन् सबैभन्दा बढी कोरोना फैलिएका २० जिल्ला
नेपालमा दिन प्रतिदिन कोरोना संक्रमण बढ्दै गइरहेको छ । आइतबार दिउँसोको तथ्यांकअनुसार त्यस अघिको २४ घण्टामा देशभर १३ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको हो ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट ४ सय ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनामुक्त भई घर फर्कनेको कुल संख्या ४६ हजार २ सय ३३ छ ।
देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ । यीमध्ये ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा र ८ हजार ४ सय ७ जना होम आइसोलेसनमा रहेका छन् । आइतबार दिउँसो मन्त्रालयद्वारा आयोजित प्रेस ब्रिफिङमा सार्वजनिक गरिएको यो तथ्यांक त्यसअघिको २४ घण्टाभित्रको हो ।
अहिलेसम्म सबैभन्दा बढी कोरोना भाइरस फैलिएको जिल्ला काठमाडौं रहेको तथ्यांकमा उल्लेख छ । काठमाडौमा गएको २४ घण्टमा मात्रै ६ सय २ संक्रमित थपिएका छन् । योसँगै काठमाडौँमा कुल सक्रमितको संख्या १३ हजार ६ सय १० पुगेको छ । त्यस्तै काठमाडौँमा हालसम्म ७६ जनाको कोरोना संक्रमणकै कारण ज्यान गइसकेको छ । दोस्रो बढी मोरङमा दुई हजार ६ सय ९४ संक्रमित छन् भने २९ जनाको ज्यान गएको छ ।
सबैभन्दा बढी कोरोनाभाइरस फैलिएका २० जिल्ला
जिल्ला कुल संक्रमित कुल मृत्यु
काठमाडौ १३६१० ७६
पर्सा २६९४ २९
मोरङ २६१२ ४४
सर्लाही २३३५ ७
कैलाली २१५२ ६
रूपन्देही २१०३ १९
रौतहट २०७७ ६
धनुषा १९१५ १७
चितवन १६९९ १६
बाँके १५९७ १०
सुनसरी १५४८ १०
ललितपुर १५४७ १३
भक्तपुर १४५९ १५
महोत्तरी १४२२ १२
बारा १३६५ १८
कपिलवस्तु १३०९ १०
सिरहा १२६४ १०
मकवानपुर १२३९ ९
सुर्खेत ११६८ ३
सप्तरी ११०१ ८
प्रकाशित समय १३:१६ बजे

















