गृहपृष्ठ रक्तचन्दनको कारोबार गरेको अभियोगमा ४ जना पक्राउ
रक्तचन्दनको कारोबार गरेको अभियोगमा ४ जना पक्राउ
रक्तचन्दनको कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका- ६, बौद्ध तीनचुलीबाट ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले २१ केजी रक्तचन्दन जस्तो देखिने करिब १ लाख ८६ हजार १ सय ५० रुपैयाँ मूल्य बराबरको दुई वटा मुढा बरामदसमेत गरेको छ ।
पक्राउ परेकाहरूमा नुवाकोट किस्पाङ गाउँपालिका- ५, ठण्डापानी घर भई काठमाडौं महानगरपालिका- ६, बौद्ध तीनचुली बस्ने २८ वर्षीय ओम बहादुर तामाङ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, काभ्रे तिमाल गाउँपालिका- ८ घर भई ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका- ६ घर भई बौद्ध तीनचुली बस्ने ४२ वर्षीय लाक्पा लामा रहेका छन् ।
अवैध रुपमा रक्तचन्दनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिल तामाङको कोठामा बिक्री गर्ने उद्देश्यले राखेको रक्तचन्दन बरामद गरेकाे छ । उक्त रक्तचन्दन आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
प्रकाशित समय १३:१९ बजे

















