गृहपृष्ठ बाघको छाला र सालकको खपेटासहित पक्राउ

बाघको छाला र सालकको खपेटासहित पक्राउ

पोखरा महानगरपालिका ३१ बनपोखरीबाट १ थान बाघको छाला, १ थान सालकको खपेटाससहित धादिङ गल्छी गाउँपालिका ४  का २८ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई मंगलबार साँझ प्रहरीले  पक्राउ गरेका हुन् । करिब ३ किलो ७ सय ५० ग्राम बाघको जस्तो देखिने हाड, खुट्टा तथा पञ्जा पनि साथमा रहेको प्रहरीले बताएको छ ।

वन्यजन्तुको आखेटोपहार अवैध ओसारपसार तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।

बरामद सामान सहित उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु