गृहपृष्ठ टिकटक र फेसबुकका लागि एनसेलका आकर्षक प्याक

टिकटक र फेसबुकका लागि एनसेलका आकर्षक प्याक

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्रालि) ले ग्राहकका लागि ननस्टप अफरअन्तर्गत टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ । ‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखेर बुधबारदेखि यी प्याक ल्याइएका हुन् ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार यी प्याक एक दिन वा ३० दिनको समय सीमा रहेका छन् । ग्राहकले २५ रुपैयाँ (करसहित ३१.९२ रुपैयाँ) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले ३६० रुपैयाँ (करसहित ४५९.६८ रुपैयाँ) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिन सक्नेछन् । ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

नयाँ प्याक सुरु गर्न एनसेलको फोरजी सेवा लिएका ग्राहकले *१७१२३*१# डायल गर्नुपर्नेछ । एनसेल एप तथा डिजिटल वालेट सेवाप्रदायकहरु खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत पनि प्याक लिन सकिनेछ ।

ननस्टप अफरअन्तर्गत एनसेलले सात दिनको समय सीमा रहेको ननस्टप टिकटक, फेसबुक वा युट्युब प्याक १०० रुपैयाँ (करसहित १२७.६९ रुपैयाँ) मा र युट्युब र फेसबुकको कम्बो प्याक १५० रुपैयाँ (करसहित १९१.५४ रुपैयाँ) मा प्रदान गर्दै आएको छ । यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन् ।

सात दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्ने ग्राहकका लागि विशेष थप योजना पनि रहेको कम्पनीले जनाएको छ । यी प्याक सुरु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीका दरले ७ दिनसम्म २० रुपैयाँ (करसहित २५.५४ रुपैयाँ) मा ३५०० एमबी थप फोरजी डेटा लिन सक्छन् । उक्त डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउन प्रयोग गर्न सक्छन् ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु