गृहपृष्ठ आजको मौसम : पश्चिम नेपालमा आंसिक बदली, बाँकी प्रदेशमा हल्का वर्षा

आजको मौसम : पश्चिम नेपालमा आंसिक बदली, बाँकी प्रदेशमा हल्का वर्षा

आजको मौसम पश्चिम नेपालमा आंशिक बदली रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापीय क्षेत्र उत्तर–पुर्व सर्दैछ । अहिले कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हत्का पानी परिरहेको महाशाखाले जनाएको छ । यसैगरी, दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन, चट्याङ्गसहित हल्कादेखि वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित समय १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु