गृहपृष्ठ हाम्रो सोच र लायन्स क्लब अफ काठमाडाैं मोडेलद्वारा रक्तदान कार्यक्रम आयोजना
हाम्रो सोच र लायन्स क्लब अफ काठमाडाैं मोडेलद्वारा रक्तदान कार्यक्रम आयोजना
लकडाउन र निषेधाज्ञाका कारण देशका विभिन्न ठाउँमा रगत संकलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न काठमाडौँमा शनिबार रक्तदान गरिएको छ । हाम्रो सोच र लायन्स क्लब अफ काठमाडाैं मोडेलद्वारा संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका थिए ।
सामाजिक उत्तरदायित्व वहन गर्दै नेपाल रेडक्रससँगको सहकार्यमा भाैतिक दूरी कायम राखेर कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । कार्यक्रम काठमाडौँं महानगरपालिका वडा नं ५ हाँडीगाउँस्थित ढुंगेधाराको प्रांगणमा आयोजना गरिएको थियो । वार्षिक रुपमा आयोजना गरिने रक्तदान कार्यक्रममा यस पटक स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायत उपस्थित रहेको आयोजक संस्था हाम्रो सोचका अध्यक्ष विजय कर्माचार्यले जानकारी दिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रदेश सांसद नारायण सिलवालले कोरोनाभाइरसले विश्व नै आक्रान्त भइरहेका यस्तो परिस्थितिमा रगतको अभाव हुन नदिन रक्तदानजस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे । ‘रगत दानभन्दा ठूलो अरू दान हुन सक्दैन । यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक छ,’ उनले भने ।

हाम्रो सोचका अध्यक्ष कर्माचार्यले वार्षिक रुपमा हुँदै आएको यस कार्यक्रमलाई रगत अभाव भएको अवस्थामा जुनसुकै बेलामा पनि निरन्तरता दिन सकिने बताए । उनले युवालाई सामाजिक कार्यमा तुरुन्तै परिचालन गर्न सकिने हुनाले रगत अभाव भएको खण्डमा फेरि कार्यक्रमको आयोजना गर्न सकिने जानकारी दिए ।
लायन्स अफ क्लब काठमाडाैं मोडेलका अध्यक्ष अनिल शिवाकोटीले संक्रमणको समयमा आफूहरुले नियमित रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिए । विभिन्न समयमा टोल सरसफाइ, लकडाउनकको समयमा भोकाहरुलाई खाना खुवाउनेजस्ता कामहरु समेत गर्दै आएको उनले बताए ।
प्रकाशित समय १६:२४ बजे

















