गृहपृष्ठ थप १,१४७ जनाले जिते कोरोना, निको हुनेको संख्या ५३,०१३ पुग्यो
थप १,१४७ जनाले जिते कोरोना, निको हुनेको संख्या ५३,०१३ पुग्यो
१,२०७ जना संक्रमित थपिए, सक्रिय संक्रमित १८,३४१
पछिल्लो २४ घण्टामा थप १ हजार १४७ जनाले कोरोना जितेका छन् । यससँगै देशभर हालसम्म निको हुनेको कुल संख्या ५३ हजार १३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । नेपालमा कोरोनामुक्त हुने प्रतिशत ७३.८रहेको छ ।
यसैगरी, १ हजार २०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको जानकारी दिए । उनका अनुसार सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ ।
जसमा संस्थागत आइसोलेशनमा ७ हजार ८३३ र होम आइसोलेशनमा १० हजार ५०८ जना रहेका छन् । क्वारेन्टिनमा रहनेको संख्या ६ हजार ३३१ रहेकाे छ । त्यसैगरी देशभर २२४ जनाकाे आइसीयूमा र २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेकाे छ । यसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १२१ जना आइसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
आज पीसीआर परीक्षण १० हजार १९ जनाको भएको छ । हालसम्म ९ लाख ७८ हजार २०४ पीसीआर भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टाभित्र काेराेनाबाट नेपालमा थप ८ जनाले ज्यान गुमाएका छन् । हालसम्म काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ४६७ पुगेकाे मन्त्रालयले जानकारी दिएकाे छ ।
प्रकाशित समय १६:३२ बजे

















