गृहपृष्ठ तीन वर्षभित्र खरका छाना विस्थापन हुन्छ : मन्त्री मानन्धर

तीन वर्षभित्र खरका छाना विस्थापन हुन्छ : मन्त्री मानन्धर

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् ।

विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तिमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाएका हुन् ।

राज्यमन्त्री मानन्धरले बेसहरा नागरिकको संरक्षण गर्ने दायित्व राज्यले पूरा गर्ने जनाउँदै विपन्न नागरिकलाई सुरक्षित आवास दिलाउन सरकार लागि परेको र आवासको अधिकारसम्बन्धी ऐन कार्यान्वयनमा रहेको बताए ।

कोरोना संक्रमणका कारण विकासमा केही बाधा देखिएको उल्लेख गर्दै उनले अब कोरोनाबाट जोगिँदै मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाइने बताए ।

प्रकाशित समय १३:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु