गृहपृष्ठ धनुषामा बालिका बलात्कारका आरोपी पक्राउ

धनुषामा बालिका बलात्कारका आरोपी पक्राउ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नपा–७ किसानपुर बस्ने २० वर्षीय जीवछ रामलाई इलाका प्रहरी कार्यालय धनुषाधामले पक्राउ गरेको छ ।

शौच गर्न गएकी किशोरीलाई छिमेकी आरोपित रामले असोज १६ गते साँझ जवरजस्तीकरणी गरेको पिडित बालिकाले बताएकी छिन् । पीडित बालिकाले असोज २० गते इलाका प्रहरी कार्यालय धनुषाधाममा उजुरी दिएकी छिन् ।

पीडित बालिकाले इलाका प्रहरी कार्यालय धनुषाधाममा दिएको उजुरीको आधारमा आरोपित रामलाई मंगलबार नै गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी इन्स्पेक्टर सुरेश ठाकुरले इन्सेक धनुषा प्रतिनिधिलाई बताए ।

पीडित बालिका र आरोपित युवकको असोज २० गते प्रादेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परिक्षण गरिएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरी इन्स्पेक्टर ठाकुरले बताए ।

प्रकाशित समय १०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु