गृहपृष्ठ हराएका २६ मोटरसाइकल फेला

हराएका २६ मोटरसाइकल फेला

महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ वटा मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाको पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले विभिन्न मितिमा हराएका सवारी साधनहरु गोप्य ढंगले खोजतलास गरेका थिए ।

खोजी गर्ने क्रममा उपत्यकाका नयाँ बसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, बसुन्धारा, वनस्थली, नयाँ बानेश्वसर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँ बसपार्क, ज्ञानेश्वर, ईमाडोल, जडिबुटी, बनकाली, जोरपाटी र पुतलीसडकलगायतका विभिन्न स्थानबाट हराएका मोटसाइकल फेला परेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

एसएसपी ढकालका अनुसार एकान्त ठाउँको पार्किङस्थल, घरको गेट बाहिर, अस्पताल लगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगरेर, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारीमर्मत नगरेर राखिएका मोटरसाइकलहरू बढी चोरी भएका हुन् ।

मोटरसाइकल हस्तान्तरण गर्दै महाशाखा प्रमुख ढकालले चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लक प्रयोग गर्न, अलारामलगायतका उपकरण जडान गर्न सवारी धनीलाई सुझाव दिए । साथै घर कम्पाउण्डमा पार्किङ गरेको भनि ढुक्क नपर्न अग्रह गरे ।

चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाइन सेवा Lost Vehicle Application मा लगइन गरेर निवेदन दिन सकिने पनि उनले जानकारी दिए । महाशाखाले गत आ.व २०७६/७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो । लकडाउनदेखि हालसम्मको अवधिमा पनि ६४ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनिलाई बुझाएको उनले बताए ।

प्रकाशित समय १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु